‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गरिने

काठमाडौँ, १७ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सप्तरीमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको छ ।

राजविराजमा स्थापना गरिने उक्त प्रतिष्ठानको मन्त्रिपरिषद्को सोमबारको बैठकले निर्णय गरेको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान स्थापना गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो । प्रतिष्ठानबाट प्रदेश नं १ र २ का बिरामीले उपचार सुविधा पाउनुका साथै चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि ठूलो अवसर प्राप्त हुनेछ । प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ स्वास्थ्य सेवा सुविधाका साथै रोजगारीका अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.