नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

असहायक र असक्त नागरिकको सेवा गर्ने उद्देश्यले बिहीबार नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका– ६ र ७बmउस को सेलेनामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दै सेनाका डाक्टर सुमन थापा ।तस्वीर: विमलबहादुर विष्ट, डोटी

डोटी, २० मङ्सिर : नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको गुरुबक्स गुल्मका गुल्मपति किशोर खड्काले बताउनुभयो ।

श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा खुशी लागेको स्थानीय जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो, सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ खुशी भएका छौँ ।”

शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको सेनाका डाक्टर सुमन थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “निःशुल्क शिविर जिल्लाका अन्य ठाउँमा पनि गर्नेछौँ ।” उक्त शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal