क्यान्सरपीडित होमकुमारी लामालाई आर्थिक सहयोग

काठमाडौँ, १६ मङ्सिर: डेढ वर्षदेखि रक्त क्यान्सरबाटपीडित हुनुभएकी होमकुमारी लामालाई आर्थिक सहयोग गरिएको छ ।

बेलायतमा बस्दै आएका नेपालीबाट सङ्कलन गरेर पठाइएको रु एक लाख ६८ हजार आज नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले उहाँलाई हस्तान्तरण गर्नुभयो । नेविसङ्घ उपाध्यक्ष उर्मिला थपलियाको आग्रहमा बेलायतमा बस्दै आउनुभएका नेपाल विद्यार्थी सङ्घका नेता राजन खकुरेलको सक्रियतामा रकम सङ्कलन गरिएको हो ।

रकम हस्तान्तरणपछि महामन्त्री डा कोइरालाले विदेशमा बसेर नेपाली चेलीको उपचारका लागि रकम सङ्कलन गरी पठाएर राम्रो कामको थालनी भएको बताउनुभयो । सामाखुशीस्थित सुुप्रिम कलेजमा स्नातक तह अध्ययनरत लामालाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या परेको थियो ।

धादिङको नेत्रावती–४ की २३ वर्षीया लामाको अहिले सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको छ । यसअघि लामाको उपचारका लागि कोरियामा बस्दै आउनुभएका राजु भण्डारीबाट सङ्कलन गरेर पठाइएको रु ४० हजार पाइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal