रेजिडेण्ट एशोसिएसन अफ न्याम्सको अध्यक्षमा डा बराल निर्वाचित
काठमाडौँ, ४ कात्तिक : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा अध्ययनरत आवासीय चिकित्सकको संस्था रेजिडेण्ट एशोसिएसन अफ न्याम्सको आज सम्पन्न निर्वाचनले डा शरदचन्द्र बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा डा रवि आचार्य, डा उसान्त आचार्य, महासचिवमा डा मोहननाथ, सचिवमा डा गौरव कर्ण, सहचिवमा डा सागर अधिकारी तथा कोषाध्यक्षमा डा कृष्णराज अधिकारी रहनुभएको छ ।
यसैगरी सदस्यमा डा अहमद जुसान, डा अमित पोखरेल, डा अस्कल देवकोटा, डा गणेश चालिसे, डा सोमनाथ भण्डारी, डा मिलन सिलवाल, डा ईश्वरी खनाल, डा जनार्दन गौतम, डा जयराज जोशी, डा निवास शर्मा, डा पृथा भट्ट, डा राजन महत, डा सञ्जु सापकोटा, डा सौहार्द लोहनी, डा श्रवण थापा र डा शिरिसचन्द्र रेग्मी रहनुभएको छ ।
न्याम्सअन्तर्गत वीर अस्पताल सञ्चालनमा छन् । विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पताल हालको ४५० श्ययाकोे छ । न्याम्समा चिकित्सा विधामा सबै विषय अध्ययन अध्यापन हुने गर्दछ । अर्काेतर्फ न्याम्सले छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्य शुरु हुने तथा १०० श्ययाको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवनको निर्माण कार्य जापान सरकारको आर्थिक सहयोगमा शुरु भइसकेको जनाएको छ ।