सोफिनमा डा आचार्य

काठमाडौँ, ३० असोज : सोसाइटी अफ पब्लिक हेल्थ फिजिसियन नेपाल (सोफिन)को पाँचौ साधारणसभाले डा भीम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

सङ्घको तीन वर्षे नयाँ कार्यसमितिको उपाध्यक्ष र महासचिवमा क्रमशः डा नरेशप्रताप केसी र डा अमित भण्डारीलाई चयन गरेको छ । सहसचिवमा डा नस्तु शर्मा, कोषाध्यक्षमा डा आशिष केसी तथा सदस्यहरुमा डा.अर्चना अमात्य, डा भीमसिंह तिंकरी, डा विकास लामिछाने, डा मदनकुमार उपाध्याय र डा सुनिल शर्मा रहनुभएको छ । सङ्घको विधानअनुसार निर्वतमान अध्यक्ष डा यशोवर्धन प्रधान स्वतः सदस्य पदमा चयन हुनुभएको छ । जनस्वास्थ्य क्षेत्रमा सङ्घले स्वस्थ्य मन्त्रालयलाई नीतिगत रुपमा सहयोगसमेत पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.