यूएईका अवैध कामदार तीन महिनाभित्र घर फर्किन वा वैध बन्न सक्ने

यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ ।

आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएो छ । इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदले जुलाई २३ तारिखमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएका हुन् । उनका अनुसार अवैध कामदारले वैध हुने वा विना जरिवाना आफ्नो देश फर्किन पाउने छन् ।

 

भिसा वा पासपोर्टको म्याद सकिएका अवैध कामदारले न्यूनतम पाँच सय दिराम तिरेर कुनै पनि कम्पनी वा व्यक्तिगत रुपमा भिसा लिएर काम गर्न वा यूएईमै बसोबास गर्न पाउनेछन् । यस्तै, आफ्नो देश फिर्ता हुन चाहेमा कुनै जरिवाना तिर्नुपर्ने छैन ।

साहिदका अनुसार यो सुविधा लिएर आफ्नो देश जाने जोकोही भविस्यमा पुनः यूएई आउन पाउने छन् । उनीहरुलाई यूएईमा काम गर्न वा घुम्न कुनै प्रतिबन्ध लाग्ने छैन । कामदार भिसामा रहेकाले मात्रै यो सुविधा पाउने छन् ।

यो सुविधा अगष्ट १ देखि अक्टोबर ३१ सम्म रहने छ ।

साभार : अनलाइन खबर डटकम

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.