उपत्यकामा ५४३ सहित थप २९७९ जनामा कोरोना संक्रमण, १३३३ जना संक्रमणमुक्त

काठमाडौं, २३ असार : पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।
हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३३३ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ५४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।
त्यसमध्ये संस्थागत आइसोलेसनमा २ हजार ७८८ छन् । ५७१ आइसियू र १६१ भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा थप २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
