सूर्योदय सहकारीद्वारा राहत कोषमा २ लाख नगद सहयोग
मिरा मल्ल । स्याङ्जा, ९ चैत्र : पुतलीबजार नगरपालिका वडा नं ३ मा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका ११ वटा स्थानीय तहलाई कोरोना भाइरसको सहयोगार्थ स्थापित राहत कोषमा २ लाख नगद सहयोग गरेको छ ।
संस्थाको कार्यालय रहेको पुतलीबजार नगरपालिका, आँधीखोला र विरुवा गाँउपालिकामा ४० हजारका दरले र बाकी ८ वटा पालिकामा १० हजारका दरले सहयोग गरेको हो । संस्थाले कोरोना भाइरसका कारणले लक डाउनको अवस्थाका कारण आफ्ना ऋणी सदस्यहरुका लागि चैत्र र बैशाख महिनाको पाकेको ब्याजमा १० प्रतिशत रकम छुट दिने निर्णय समेत गरेको छ । आफ्ना सबै सदस्यहरुका लागि अनलाईन कारोवार गर्न सहजता प्रदान गर्न सूर्योदय स्मार्ट एप्सको प्रयोगमा समेत छुट प्रदान गरेको कुरा अध्यक्ष हुमबहादुर कुमालले बताउनु भयो ।
स्याङ्जा जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाका ४ वटा सेवा केन्द्र, ६ हजार ५ सय शेयर सदस्य करिव ५.५ करोड शेयर पूजी र ५० करोडको कारोबार रहेको छ ।
सहकारीका शेयरहरुलाई कोरोना भाइरसका बारेमा सचेतना प्रदान गर्ने कार्यसंचालन गरिरहेको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि नियमित रुपमा आर्थिक कारोबार गरिरहेको छ ।
