सूर्याेदय लघुवित्तको सातौं बार्षिक साधारण सभा सम्पन्न

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं बार्षिक साधारण सभा सहभागी हुँदै सञ्चालकहरु । तस्विर: मिरा मल्ल

पुतलीबजार, ५ पुस : स्याङ्जा जिल्लामा केन्द्रीय कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाको गत भाद्र महिनाको ७ गते बसेको सञ्चालक समितिको १३१ औं बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजी रु.१०,७९,१९,०००/- को ४६.८१८७ प्रतिशत मध्ये २.३४०९ प्रतिशतले हुन आउने रु.२५,२६,३१५.७९/- बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) र ४४.४७७८ प्रतिशतले हुन आउने रु.४,८०,००,०००/- बराबरको वोनस शेयर वितरण गर्ने प्रस्ताव आज सम्पन्न साधारण सभाले पारित गरेको होे ।

सभाले सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रियापछि बन्ने संस्थाको नाम सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड रहने तथा दुई संस्थाहरुको विचमा शेयर स्वाप रेसियो १ः०.९७ प्रतिशत रहने प्रस्ताव समेत पारित गरेको छ ।

संस्थाको आर्थिक बर्ष २०७५/७६ वोनस शेयर वितरण पछिको चुक्ता पूँजी रु.१५,५९,१९,०००/- र त्रिलोक लधुवित्तको हाल कायम रहेको चुक्ता पूँजी रु.६,०९,५२,५००/- को शेयर स्वाप रेसियो (१ः०.९७) प्रतिशतको समायोजनपछि त्रिलोक लघुवित्तको चुक्ता पूँजी रु. ५,९१,२३,९२५/- गरी एकिकृत कूल रु.२१,५०,४२,९२५ /-को शत प्रतिशत (१ः१) ले हकप्रद शेयर जारी गरी मर्जरपछिको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको जारी तथा चुक्ता पूँजी रु.४३,००,८५,८५०/- र अधिकृत पूँजी ६०,००,००,०००/- पु¥याउने प्रस्ताव सभाले पारित गरेको छ ।

यस्तेै सभाले आर्थिक बर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गर्ने, मर्जरपछि नयाँ बन्ने संस्थाको केन्द्रीय कार्यालय पोखरमा रहने र मर्जरपछि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने आदि प्रस्तावहरु समेत पारित गरेको छ ।

संस्थाका अध्यक्ष श्री अनन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका कम्पनी सचिव श्री सुर्य प्रसाद पौडेल र कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक श्री एक बहादुर गोदारले राख्नुभएको थियो ।

संस्थाको वर्तमान वित्तीय अवस्था र प्रतिवेदनमाथि राखिएका जिज्ञासाहरुको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मोक्ष प्रसाद पंगेनी र अध्यक्ष श्री अनन्त कुमार श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.