बैंक अफ काठमाण्डुका श्रेष्ठ र बोहरा धरौटीमा रिहा

काठमाडौँ, ८ मङ्सिर : बैंक अफ काठमाण्डुका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई बैंकिङ कसुरमा रु एक/एक करोड धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले आज थुनामा राखेर मुद्दाको अनुसन्धान गर्ने उच्च अदालतको आदेश बदर गर्दै धरौैटीमा छाड्न आदेश दिएको हो । नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उहाँहरु पक्राउ पर्नुभएको थियो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध श्रेष्ठ र बोहरा सर्वोच्च अदालतमा जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.