नवील बैंकले ३४ प्रतिशत लाभांश दिने

काठमाडौँ, १७ कात्तिक : नवील बैंकले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश तथा २२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकका कम्पनी सचिव माधवप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०० कित्ता बराबर १२ कित्ता र २२ प्रतिशत नगद लाभांश अर्थात् प्रतिशेयर रु २२ वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको आगामी साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.