राष्ट्रिय वाणिज्य बैंक सिमीकोट शाखा नाफामा

हुम्ला, २० भदौ : राष्ट्रिय वाणिज्य बैंक सिमीकोट शाखाले आर्थिक वर्ष ०७४/०७५ मा रु दुई करोड ४५ लाख ३६ हजार नाफा गरेको छ ।

सेवा सम्पादनमा सहजता र कर्मचारीको लगनशीलताले सो नाफा भएको बैंकले जनाएको छ । बैंकका प्रबन्धक ठानसिंह विष्टले गत वर्षभन्दा रु ३४ लाख १० हजार बढी नाफा कमाउन बैंक सफल भएको बताउनुभयो ।

बैंकका अनुसार ब्याजबाट रु दुई करोड तीन लाख ६८ हजार र अन्य सेवाबाट रु ४१ लाख ६८ हजार गरी कुल रु दुई करोड ४५ लाख ३६ हजार नाफा गरेको छ । उक्त अवधिमा बैंकले रु एक करोड १९ लाख ७२ हजार खर्च गरी रु एक करोड २५ लाख ६४ हजार खुद नाफा आर्जन गरेको प्रबन्धक विष्टले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले रु एक करोड एक लाख ५८ हजार खुद नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.