राष्ट्र बैंक र बैंक अफ कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर 

काठमाडौँ, १० भदौ : नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘नलेज पार्टनरशिप प्रोगाम’ कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारी भएको छ । आज यहाँ आयोजित एक समारोहमा दुई बैंकबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नरका कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंकका तर्फबाट अन्तर्राष्ट्रिय मामिला विभागमा डेपुटी जनरल डाइरेक्टर जी योङ जुङले हस्ताक्षर गर्नुभयो ।

सो कार्यक्रमअन्तर्गत नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता अभियान विस्तारका लागि महत्वपूर्ण नीतिगत सुझाव प्राप्त हुने विश्वास गरिएको छ । कार्यक्रमबाट दुई बैंकमा भएका अन्य नीतिगत सुझावहरुसमेत प्राप्त हुने र ज्ञान आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

त्यस्तो कार्यक्रम यसअघि पनि सन् २०१७ र २०१८ मा पनि समष्टिगत अर्थव्यवस्थाको प्रक्षेपण, भुक्तानी फछ्र्यौट प्रणालीको नीतिगत व्यवस्थाका सम्बन्धमा अध्ययन–अनुसन्धानका क्षेत्रमा समझदारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.