वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र दिइने

काठमाडौँ, १७ साउन : नेपाल स्टक एक्सचेञ्जले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिने भएको छ ।

स्टकको उक्त निर्णयपछि लामो समयदेखि शेयर बजारमा माग हुँदैआएको र लगानीकर्तालेसमेत लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन हुने भएको छ ।

‘धितोपत्र दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिश कार्यविधि, २०७६’ बमोजिम तोकिएका मापदण्ड पूरा भएका वाणिज्य बैंकका सहायक कम्पनीलाई उक्त अनुमतिपत्र प्रदान गरिने स्टकले जनाएको छ ।

स्टकले १५ दिनभित्र रु पाँच हजार निवेदन दस्तुर तिरेर आवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.