मेगा बैंकले मर्जर नीतिलाई आत्मसात गर्ने

काठमाडौँ, ८ साउन : मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप सङ्कलन १९ अर्ब वृद्धि भई करिब ८२ अर्ब पुगेको छ ।

त्यस्तै गत वर्ष कर्जा प्रवाहमा रु १५ अर्ब ५० करोड वृद्धि भई करिब ७३ अर्ब पुगेको छ । सो अवधिमा ग्राहक संख्यामा झण्डै १ लाख ४६ हजार वृद्धि भई ६ लाख ४३ हजार पुगेको सो बैंकले जनाएको छ । देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । १०२ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्र र २५ सय मेगा रेमिट एजेन्ट रहेका छन् ।

मेगा बैंक नेपाल १० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले सरकारको मर्जर नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको बताउनुभयो ।

“मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौं । सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ सशक्त र व्यवस्थित ढंगले अगाडि बढनुको विकल्प हामीसँग छैन”, उहाँले भन्नुभयो ।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको उल्लेख गर्दै एक दशकमै मेगा बैंकले समकालीन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.