सनराइज बैंकका थप दुई शाखारहित बैंकिङ सेवा

काठमाडौँ १ असार : सनराइज बैंक लिमिटेडले बैङ्किङ सेवा नपुगेका विभिन्न स्थानमा बैङ्किङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ थप दुई शाखारहित बैङ्किङ सेवा शुरू गरेको छ ।

बैंकले ३४औँ शाखारहित बैङ्किङ सेवा तनहँुको व्यास नगरपालिका–९, गजौडे र ३५ औँ शाखारहित बैङ्किङ सेवा उदयपुरको त्रियुगा नगरपालिका–६, जलजले बजारमा शुरुआत गरेको जनाएको छ ।

यो सँगै बैंकको कुल शाखारहित बैङ्किङ सेवा सङ्ख्या ३५ पुगेको छ । बैङ्किङ सेवा नपुगेका क्षेत्रका जनतालाई बैङ्किङ सेवाको पहुँच शाखारहित बैङ्किङ सेवामार्फत उपलब्ध गराउँदै जाने बैंकले लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.