सूर्याेदय लघुवित्तकाे २ दिने बार्षिक समीक्षा तथा बजेट तर्जुमा गाेष्ठि सम्पन्न

स्याङ्जा, २४ जेठ : सूर्याेदय लघुवित्त वित्तीय संस्था लि काे बार्षिक समीक्षा तथा बजेट तर्जुमा गाेष्ठि सम्पन्न भएकाे छ । संस्थाले स्याङ्जा जिल्लामा केन्द्रीय कार्यालय रही २३ जिल्लाका ५० शाखा मार्फत लघु वित्तकाे काराेवार गरिरहेकाे छ ।

आगामी आवकाे याेजना तर्जुमा गर्न शाखा प्रमुखहरू सहितकाे पाेखरा र तानसेन गरि दुई चरणकाे २ दिने गाेष्ठि आयाेजना गरिएकाे हाे ।

संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले कर्जा लगानी र बचत अभियान मार्फत दिदी बहिनीहरूकाे नेतृत्वबाट समृद्ध घर परिवार निर्माण गर्ने लक्ष्य संस्थाकाे रहेकाे छ । यश वित्तीय संस्थाकाे कार्यक्रम समुदायमा विश्वास बढ्दै गएकाे, सेवा विस्तार हुँदै गएकाे सदस्यकाे आय आर्जनमा टेवा पुगेकाे बताउनु भयाे ।

संस्थाले आगामी आव ०७६/०७७ मा करिव ५२ हजार सदस्य मार्फत २३५ कराेड लगानी गर्ने र ९५ करोड बचत गर्ने याेजना बनाएकाे छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत माेक्ष प्रसाद पंगेनीले संस्थाकाे याेजना अनुसार नै प्रगति हासिल गर्न शाखा प्रमुखहरूलाई निर्देशन दिनुभयाे ।

कार्यक्रममा संस्थाका संचालकहरू एक बहादुर गाेदार , गाेविन्द प्रसाद शर्मा, दुर्गा शाह बाबा, तारा शर्मा, नारायण पाैडेल र कम्पनी सचिव सूर्य पाैडेलले मन्तब्य राख्नुभएकाे थियाे । समापन कार्यक्रमकाे अध्यक्षता संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal