अपचलन भएको रु २६ करोड फिर्ता गरिने

धम्बोझी, १८ जेठ : सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सरोकारवालाबीचको छलफलमा सञ्चालक समितिले सम्पूर्ण रकम फिर्ताको प्रतिबद्धता जनाएको हो ।

“सहकारीको कार्यालय सञ्चालनमा ल्याएर रकम भुक्तानीका लागि पहल शुरु गर्छु” संंस्थाका अध्यक्ष हरदेव बक्स चौधरीले भन्नुभयो, “वर्षौदेखि कर्मचारीले गर्दै आएको बदमासी पत्ता लगाएर मैले नै अनुसन्धान गरेको हुँ ।” उहाँले आफूले कसैको पनि रकम मर्न नदिन प्रतिबद्ध रहेकाले कार्यालय सञ्चालनमा ल्याइ रकम भुक्तानी शुरु गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार सञ्चालक समिति, फरार कर्मचारीका आफन्त र प्रतिनिधिमूलक सेवाग्राहीहरुको संयुक्त छलफल गराई रकम भुक्तानीको सुनिश्चितता खोजिएको हो । “एक वर्षभित्र सम्पूर्ण रकम फिर्ता गर्ने कुराको सुनिश्चितता सञ्चालकहरुबाट प्रतिबद्धताका रुपमा आएको छ”, उहाँले भन्नुभयो । उहाँले जनताको रकम डुब्न नदिने कुराको सुनिश्चितताका लागि आफूहरुले पहल गरिरहेको जानकारी दिनुभयो ।

सहकारीमा झण्डै रु २६ करोड रकम अपचलन भएको भन्दै निक्षेपकर्ताहरु रकम फिर्ता माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । संस्थाका नायब महाप्रबन्धक गङ्गाधर सुवेदी, प्रबन्धक अरुणकुमार पाठक, कर्जा विभाग प्रमुख लिलाधर ओली र खजुरा शाखा प्रमुख सुरजकुमार विकको मिलेमतोमा उक्त रकम अपचलन गरिएको आरोप छ ।

फरार उनीहरुमध्ये खजुरा शाखा प्रमुख विकले आफै प्रहरी कार्यालयमा उपस्थित भएर अपचलन गरेको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि त्यसको सुनिश्चितताका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य फरार कर्मचारीहरुको खोजी गरिरहेको प्रहरी सामु परिवारका सदस्यहरुले प्रतिबद्धता जनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal