वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

धरान, १२ जेठ : जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उहाँको साथमा भएको रु चार लाख लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ । उहाँ

पानबारीबाट दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा तीन जनाको समूहले रोकेर लिफ्ट मागेका थिए । रोकेपछि लुटपाट गरेको र प्रतीकार गर्दा गोली प्रहार गरेको गच्छदारले बताउनुभयो । उनीहरूले चार राउण्ड गोली हानेकामा दुई गोली उहाँलाई लागेको थियो ।

बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोली लागेका गच्छदारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज दुर्गा पराजुलीले जानकारी दिनुभयो ।

घटनापछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको सहायक प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । धरानबाट अन्यत्र जाने चारैतिरका नाकामा प्रहरी चेकपइन्ट राखेर लुटेराको खोजी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal