राष्ट्र बैंकद्वारा तेइस अर्ब लगानी
बैंकका अनुसार साधारण पुर्नःकर्जा रु १८ अर्ब ९७ करोड र निर्यात पुर्नःकर्जा रु एक अर्ब ४९ करोड उपयोग भएको छ । यस्तै गत चैत मसान्तसम्ममा भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि रु दुई अर्ब ५८ करोड रकम प्रदान गरिएको छ । त्यस्तो कर्जा एक हजार ५७७ ऋणीले उपभोग गरेका छन् । नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्यामा १४ हजार ६३९ पुगेको छ ।
सो कार्यक्रमअन्तर्गत रु २५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ भने रु ९८ करोड २२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा व्यवस्था भएका अन्य क्षेत्रतर्फ रु १३ करोड ६४ लाख कर्जा बक्यौता रहेको छ ।
यस्तै चालू आवको नौ महीनामा वाणिज्य बैंकहरुले रु ११ खर्ब ६५ अर्ब र अन्य वित्तीय संस्थाले रु एक खर्ब ९९ अर्ब ३३ करोडको अन्तर–बैंक कारोवार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु आठ खर्ब ८२ अर्ब ८७ करोड र रु २७ अर्ब ४१ करोड कारोवार गरेका थिए ।
