स्वीकृति लिएका प्रणालीमा बाहेक भुक्तानी नगर्न आग्रह

काठमाडौँ, ६ जेठ : नेपाल राष्ट्र बैंकले आधिकारिक रुपमा स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न/नगराउन आग्रह गरेको छ ।

बैंकका कामु कार्यकारी निर्देशक सिरता भट्ट अधिकारीका अनुसार विदेशी पेमेण्ट सिस्टमसँग आबद्ध भएको क्यूआर कोड, पोओएस मेशिन वा अन्य भुक्तानी प्रणाली प्रयोग गर्दा आधिकारिक रुपमा स्वीकृति लिएको हो वा होइन भन्ने स्पष्ट हुन आग्रह गरिएको छ । केन्द्रीय बैंकको स्वीकृति बिना कसैले अनाधिकृत रुपमा कारोवार गरेमा त्यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कानूनअनुसार कारवाही हुने जनाइएको छ ।

रु छ अर्बको ऋणपत्र बिक्री गरिने

यस्तै नेपाल राष्ट्र बैंकले मङ्गलबार रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ ख’ बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागिएको बैंकले जनाएको छ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ, बीमा समिति, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । ऋणपत्रको अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ भने ब्याजमा आयकर लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.