नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड

काठमाडौँ, १६ वैशाख : नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो ।

बैंकको चुक्ता पूँजी रु आठ ८ अर्ब चार करोड २६ लाखबाट बढेर रु नौ अर्ब अर्ब ८१ करोड ११ लाख पुगेको छ । बैंकले सो अवधिमा रु एक खर्ब पाँच अर्ब ६३ करोड निक्षेप सङ्कलन रु ८८ अर्ब १९ करोड १२ लाख ऋण प्रदान गरेको छ ।

विवरण अनुसार बैंकले रु चार अर्ब ७२ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.३२ प्रतिशत, आधार ब्याजदर ६.९२ रहेको छ । विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेकोमा चालु आवको सोही अवधिमा भने प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५२ पैसामा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal