एनआइसी एशियाका दुई शाखा विस्तार

नुवाकोट, १३ वैशाख : बजार विस्तार गर्न तीव्र रुपमा लागेको एनआइसी एशिया बैंकको जिल्लामा आज दुई शाखा विस्तार गरिएको छ ।

एनआइसी एशिया बैंकको त्रिशूली शाखा र बेत्रावती शाखाको आज उद्घाटन गरिएको हो । यसअघि जिल्लाको बट्टारमा शाखा विस्तार गरिएको थियो । बैंकको त्रिशूली शाखाको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तथा विदुर नगरपालिका– १० बेत्रावतीमा स्थापित शाखाको वडाध्यक्ष गणेशकुमार नेपालले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा एनआइसी एशिया बैंकको प्रदेश नं ३ कार्यालयका इञ्चार्ज विकास खरेलले बैंकले सर्वसाधारणको सुविधाका लागि बचत र लगानीका साथै चमत्कारिक वित्तीय योजना ल्याएको दाबी गर्नुभयो ।

यससँगै एनआइसी एशिया बैंकको शाखा सङ्ख्या १८१ पुगेको छ । चौबिसै घण्टा एटिएमसहितका सुविधा रहेको उक्त बैंकको जिल्लास्थित तीन शाखाबाट रु ८० करोड बचत तथा रु ७५ करोड ऋण प्रवाह गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.