वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

काठमाडौँ, ८ वैशाख : वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो ।

सो बैंकले चैतमसान्तस्म्म रु एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै आज माछापुच्छ्रे बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर रु एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा रु ८५ करोड ४० लाख ५२ हजार १२१ थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.९८ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ६० करोड १६ लाख ९६ हजार ८५६ पुगेकोे छ । रु आठ अर्ब ५ करोड ५६ लाख ९३ हजार चुक्ता पूँजी भएको बैंकले रु ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार निक्षेप सङ्कलन गरेको छ । यस्तै बैंकले रु ७४ अर्ब ९८ करोड ४० लाख ऋण लगानी गरेको पाइएको छ ।

विवरणअनुसार बैंकको खराब कर्जा भने गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ । हाल खराब कर्जाको मात्रा ०.४८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.३५ प्रतिशत थियो । बैंकको प्रति शेयर नेटवर्थ भने १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.