पाँच तारा साकोसद्वारा सहकारी अभियन्ता ढुङ्गेल सम्मानित

सहकारी अभियन्ता जनसचेतन बचत तथा ऋण सहकारी संस्था, दोलखाका संस्थापक अध्यक्ष यज्ञराज ढुङ्गेललाई सम्मानित गर्नु हुँदै प्रमुख अतिथि संघिय संसदकी उपसभामुख डा. शिवमायाँ तुम्वाहाङफे । तस्विरहरु: टेकनाथ न्यौपाने, काठमाडौँ ।

टेकनाथ न्यौपाने । काठमाडौँ, ३० चैत : कामपाको पूर्वी भेगमा अवस्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो एघारौँ वार्षिकोत्सवको अवसरमा सहकारी अभियन्ता जनसचेतन बचत तथा ऋण सहकारी संस्था, दोलखाका संस्थापक अध्यक्ष यज्ञराज ढुङ्गेललाई सम्मानित गरेको छ ।

संस्थाले आफ्नो स्थापना दिवस अवसर पारेर २०६५ सालबाट सुरु गरेको अग्रजलाई सम्मान गर्ने परम्परा अनुसार सहकारी क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई प्रदान गरिदैँ आएको “पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान”द्वारा यो बर्ष ढुङ्गेललाई प्रमुख अतिथि संघिय संसदकी उपसभामुख डा. शिवमायाँ तुम्वाहाङफेले दोसल्ला ओढाएर नगद रु. १० हजार १११ र ताम्रपत्रसहित सम्मान गर्नुभएको हो ।

२०४२ सालमा बैतेश्वर साझा संस्थाको उपाध्यक्ष भएर सहकारी क्षेत्रमा प्रवेश गनुभएका ढुङ्गेल त्यस पछि निरन्तर सहकारी क्षेत्रमा सक्रिय रहेर पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष भोला नाथ पाठकले बताउनु भयो ।

२० बर्ष संस्थाको नेतृत्व गरेर संस्थालाई अन्र्तराष्ट्रिय एक्सेस ब्राण्डमा ब्राण्डिङ्ग गराउन सफल ढुङ्गेलले शिक्षकहरुको समेत सहकारी संस्थाको समेत नेतृत्व गरेर जिल्लाभरीका शिक्षकहरुलाई गोलबन्द गर्नु भएको थियो ।

सहकारीको नीतिनियम बनाउने र त्यसलाई देशभरीका सहकारी संस्थामा लागू गराउने र तालिम दिने कार्यमा सक्रिय सहकारीका गुरु ढुङ्गेललाई गरिएको सम्मानले अभियन्ताहरुलाई हौसला मिलेका सम्मान कार्यक्रममा सहभागीहरुले बताउनु भयो ।

प्रमुख अतिथि उपसभामुख तुम्वाहाङफेले सहकारीका गुरु ढुङ्गेल जस्ता अग्रजहरुलाई गरिएको यो सम्मानले पाँच तारा सहकारीको परिचय दिएको छ । संस्थाले राम्रा काम गरेको रहेछ अझ केहि सुधार गर्नु पर्ने भए सुधार गरेर अगाडी बढ्न संस्थाका पदाधिकारीहरुलाई सुझाव दिनुभयो । सञ्चालकहरुको काम र व्यबहारले नै संस्थाको भविष्य निर्धारण गर्ने भएकोले नेपालको सबैभन्दा राम्रो सहकारी पाँच तारा हो भन्ने चिनाउन लागि पर्न सुझाव पनि दिनुभयो ।

विद्यमान ऐनलाई प्रयोग गरेर अगाडी बढ्न सुझाव दिदै उपसभामुख तुम्वाहाङफेले कहिँ कतै संशोधन गर्नुपर्ने भए संशोधन गर्ने अधिकार सुरक्षित रहेको बताउनु भयो । सदस्यहरुलाई आर्थिक उन्नती तर्फ उन्मुख गराउन र उत्पादनमा जोड दिदैँ उहाँले भन्नुभयो पाँच तारा सहकारी कस्तो हो भन्ने कुरा अहिले सम्मका यसका कृयाकलापले स्पष्ट पारिसकेको छ । लक्ष्यका साथ अगाडी बढेर सुखी नेपाली, समृद्ध नेपाल भन्ने सरकारको नारालाई साकार पार्न सहकारीको महत्वपूर्ण रहने उपसभामुख तुम्वाहाङफेले बताउनुभयो ।

तेस्रो वार्षिकोत्सवमा सम्मानित व्याक्तित्व नेफ्स्कूनका पूर्व महासचिव तथा संघिय संसदका सांसद माननीय घनश्याम खतिवडाले पाँच ताराले ढुङ्गेलजस्ता अग्रज सहकारीका गुरुलाई गरेका सम्मानले यस अभियानका अभियन्तालाई हौसला मिलेको बताउनु भयो । ओझेलमा परेका अभियन्तालाई खोजि खोजि सम्मान गर्ने पाँच तारा सहकारीको यो काम अनुकरणिय तथा प्रसंशनिय रहेको बताउँदै माननीय खतिवडाले समुदायमा आधारित भएर काम गरेकोमा मुलुककै उदाहरणिय सहकारी संस्था रहेको बताउनु भयो ।

सहकारी नियमावलीमा सरोकारवाला विज्ञहरुका वीच व्यापक अन्तरक्रिया गरेर आएकोले आशा गर्नु पर्ने अवस्था आएको छ । कहिँ कतै कमी कमजोरी भए सच्याउन सकिने भन्दै माननिय खतिवडाले सहकारीहरु नीति, विधि र प्रविधिमैत्री भई सहकारीको मुल्य मान्यता, इमान्दारीता र पारदर्शिता लाई अगाँलेर अगाडी बढ्न सके कसैले औला उठाउन नसक्ने बताउनु भयो ।

सहकारी विज्ञ, राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष, पूर्व गृह राज्यमन्त्री तथा प्रथम वार्षिकोत्सवमा सम्मानित व्याक्तित्व दीपक प्रकाश बास्कोटाले सम्मानित व्याक्तित्व ढुङ्गेलले सहकारी आन्दोलनमा पु¥याउनु भएको योगदान उदाहरणिय र अनुकरणिय रहेकोले नै पाँच तारा साकोसले सम्मान गरेकोमा खुशि व्यक्त गर्नु भयो । सहकारीमा नयाँ नयाँ नीति नियम बनाएर लागु गराउन ढुङ्गेलको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बास्कोटाले सहकारीहरु विगतबाट सिकेर अगाडी बढ्नु पर्ने बताउने भयो ।

दोेस्रो वार्षिकोत्सवमा सम्मानित व्याक्तित्व नेफ्स्कूनका पूर्व अध्यक्ष सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले सम्मानित व्यात्तित्व ढुङ्गेललाई बधाई तथा शुभकामना दिदैँ सहकारी उत्पादनमुखी, रोजगारी सिर्जना, गरिवी निवारणसँग जोडिएको हुनाले संवेदनशिल भएर संस्था चलाउन सुझाव दिनु भयो । संस्थाले आर्थिक कारोवार कति गरेको छ भन्दा पनि सहकारीको भावना, मुल्य मान्यता र मर्म अनुसार चलेको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो प्रधानाङ्गले बताउनु भयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीका गुरु अग्रज अभियन्ता ढुङ्गेललाई सम्मान गरेकोमा पाँच तारा सहकारीको प्रसंशा गर्दै सम्मानित व्यात्तित्व ढुङ्गेललाई बधाई तथा शुभकामना दिनु भयो । सचिव मैनालीले सहकारीहरु आफ्नो मुल्य मान्यता र सिद्धान्त अनुसार चल्न सुझाव दिनु भयो ।

सहकारी नियमावलि मन्त्रीपरिषबाट पारित भैसकेको र भाषा सम्पादन मात्र बाँकी रहेको जानकारी दिदैँ “ऐनले तोकिए बमोजिम भन्नाले भन्ने” ठाउँमा यो पटक स्पष्ट तोकिएको जानकारी समेत दिनुभयो । सचिव मैनालीले समाजको आदर्श, नमूना र उदाहरणिय बन्ने अभियानमा सहकारी लाग्नु पर्ने र यस्ता सम्मान र पुरस्कारले लिने र दिने दुबैको गरिमा र जिम्मेवारी बढ्ने भएकोले यसको दोहोरो भूमिका रहेको बताउनु भयो ।

पाचौँ वार्षिकोत्सवमा सम्मानित व्याक्तित्व तथा राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सहअध्यक्ष सरोजकुमार शर्माले निवेदन हालेर, आर्थिक सहयोग गरेर पुरस्कार तथा सम्मान लिनेहरुलाई चुनौति दिदैँ काम गर्ने, काम गरेका तर निस्कृय रहेका अभियन्ताहरुलाई खोजि खोजि सम्मान गर्ने पाँच तारा साकोसको परम्परालाई सबैका लागि उदाहरणिय र अनुकरणिय मान्नु पर्ने बताउनुभयो । सम्मानित व्याक्तित्व ढुङ्गेललाई बधाई तथा शुभकामना दिदैँ शर्माले वास्तविक काम गर्ने व्याक्तिको खोजि गरेर यसरि सम्मान गर्ने परम्पराले सम्मान लिदाँ पनि आनन्द आउने र गर्व महसुश हुने र हौसला मिल्ने बताउनु भयो ।

हाम्रो जस्तो देशका लागि सहकारीको महत्व र ठुलो सम्भावना रहेकोले नै लोकतन्त्र र समृद्धिका लागि सहकारी आन्दोलन, यसको पवित्रता र महत्वलाई बुझ्नु जरुरी छ । आपसी कटुता, विभाजन र द्वन्द्वलाई कम गर्न, सबै वर्ग र क्षेत्रलाई जोड्ने, अनेकतामा एकता ल्याउन, आर्थिक रुपमा स्वाभिमान दिलाउने काम सहकारीले गरेकोमा प्रसन्नता व्यक्त गर्दै शर्माले देशभरीका सहकारीलाई पाँच तारा उदाहरण भएको बताउनु भयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सम्मानित व्याक्तित्व ढुङ्गेललाई बधाई तथा शुभकामना दिदैँ अग्रजहरुलाई गरिने सम्मानका यस्ता कार्यक्रम प्रशंसनिय र सह्रानिय रहेको बताउनु भयो । सहकारीमा भएका वित्तिय अपराधिकरणलाई निमिट्यान्न पारेर सुशासनमा अगाडी बढ्नु पर्ने बताउनु भयो । उप्रेतीले कुनै पनि सहकारी संस्थालाई समस्यामा पर्न नदिन आफ्नो संस्था सहयोग गर्न सदैव तयार रहेको बताउनु भयो ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले सहकारी क्षेत्रका अग्रज गुरु ढुङ्गेललाई सम्मानित हुनु भएकोमा बधाई तथा शुभकामना दिदैँ पाँच ताराले गर्दै आएको यस्ता काम अन्य संस्थाहरुका लागि पनि उदाहरणिय रहेको बताउनु भयो ।

मन्त्रालयले नेफ्स्कुनलाई देशभरका पहिलो चरणमा २०० संस्थाको आन्तरिक अवस्था के छ भनेर अनुगमन गर्न अनुमती दिएसँगै पाँच तारा साकोसको पनि एक हप्तासम्म अनुगमन गर्दा नीति नियम विधि र प्रविधिमा रहेको अनुगमनका क्रममा पाइएको र उत्कृष्ट पाइएकोे समेत बस्नेतले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा छैटौँ वार्षिकोत्सवमा सम्मानित व्याक्तित्व, नेफ्स्कुनका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंककी सञ्चालक अमृता सुब्बाले सहकारीका अग्रज गुरु ढुङ्गेललाई सम्मानित हुनु भएकोमा बधाई तथा शुभकामना दिनुहुदैँ लुकेका, पाखा लागेका ढुङ्गेलजस्ता अभियन्ताहरुलाई सम्मान गर्ने संस्कारलाई पाँच ताराले अगाडी ल्याएकोमा खुशी व्यक्त गर्नुभयो । स्थानीय क्षेत्रमा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिदै सुब्बाले अरुलाई अगाडी बढाउन पाउँदा आनन्द र खुशि मिल्ने बताउँदै सहकारीकर्मीहरु सधैँ स्वयंसेवक भएर काम गरे कामको मुल्याङ्कन हुने बताउनु भयो ।

सम्मानित व्यक्तित्व यज्ञराज ढुंगेलले आफुले सन्तुष्टिका लागि गरेको कामलाई पाँच तारा साकोसले आफु निष्कृय बसेको अवस्थामा पनि खोजि गरेर आफुलाई सम्मान गरेकोमा संस्था प्रति आभार व्यक्त गर्नुभयो । ढुंगेलले यो सम्मान आफ्नो जीवनमा सबैभन्दा ठूलो उपलब्धी ठानेको बताउँदै शहरी क्षेत्रमा भएर पनि पाँच तारा साकोस जस्ता समुदायमा आधारित संस्था रहेछ, पाँच तारा सहकारी संस्थाको बारेमा भरखरै मात्र सुनेपनि यसले एउटा छोटै समयमा उदाहरणिय र प्रसंशनिय इतिहाँस बनाएकोमा ढुंगेलले खुशि व्यक्त गर्नुभयो ।

पैसामूखी र बजारमूखी सहकारीहरु भन्दा सदस्यमूखी यो संस्था उदाहरणिय भएकोले अन्य सहकारीहरुले पनि पाँच ताराबाट सिक्नुपर्ने ढुंगेलले बताउनु भयो । सहकारी बचत गर्ने ऋण दिने मात्र होइन सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्ने कुरामा यो संस्थाले अरुलाई समेत शिक्षा दिएको हुनाले केन्द्रीय संघ संस्थाहरुलाई चुनौती थपिदिएको छ ढुंगेलले भन्नुभयो ।

सम्मान तथां एघारौँ वार्षिकोत्सव कार्यक्रमका सभापति पाँच तारा सहकारी संंस्थाका अध्यक्ष भोला नाथ पाठकले अग्रजहरुको हौसला र प्रेरणाले आफुलाई यस्ता सम्मानका कार्यक्रम आयोजना गर्न र निरन्तरता दिन हौसला मिलेको बताउनु भयो । समाजका लागि राम्रो काम अन्तरआत्मादेखि जसले गरे पनि हुन्छ भन्ने आफुलाई लागेकै कारण आफु यो क्षेत्रमा काम गर्न प्रेरित भएको बताउँदै अध्यक्ष पाठकले अग्रजको सम्मान, सभ्यताको पहिचान भन्ने अवधारणा अधि सारिएको जानकारी दिनुभयो ।

पाँच तारा बचत तथा ऋण सहकारी संस्थामा २००० भन्दा बढी शेयर सदस्यहरु रहेको, ६ करोड शेयरपूँजी, ३६ करोडको बार्षिक कारोवार, ५ करोड जगेडा कोष तथा अन्य कोषहरु र सुविधा सम्पन्न आफ्नै भवन रहेकाले संस्थाको अवस्था बलियो भएको अध्यक्ष पाठकले जानकारी गराउनु भयो ।

२०६४ साल चैत्र २० गते दर्ता भएको पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. ले प्रथम वार्षिकोत्सव देखि नै सहकारी क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने एक जना अभियन्तालाई हरेक बर्ष “पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान” द्वारा सम्मानित गर्दै आइरहेको छ ।

संस्थाले यस अघि सहकारी विज्ञ, राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री दीपक प्रकाश बाँस्कोटा, सहकारी विज्ञ तथा नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, सहकारी विज्ञ तथा नेफ्स्कूनका पूर्व महासचिव घनश्याम खतिवडा, राष्ट्रिय सहकारी संघ बाँकेका पूर्व अध्यक्ष बिनोद शाह, राष्ट्रिय सहकारी विकास वोर्डका तत्कालिन सहअध्यक्ष सरोज शर्मा, नेफ्स्कूनका पूर्व उपाध्यक्ष अमृता सुब्बा, सहकारी अभियन्ता भरत शर्मा, नेफ्स्कूनका तत्कालिन अध्यक्ष ऋषिराज घिमिरे, नेफ्स्कूनका संस्थापक महासचिव पम्फा राई र नेपाल कै पहिलो सहकारी बखान सहकारीका संस्थापक कृष्णमान गुरुङ्गलाई सम्मान गरिसकेको छ ।

कार्यक्रममा २०७२ सालबाट सुरु गरिएको ज्येष्ठ नागरिक सम्मान र संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ पटकसम्म रक्तदान गर्ने स्वयंसेवी रक्तदातालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि उपसभामुख तुतुम्वाहाङफेले संस्थाले प्रकाशन गरेको पाँच तारा स्मारिका र नयाँ वर्ष २०७६ को भित्तेपात्रो समेत विमोचन गर्नु भएको थियो ।

सञ्चारकर्मी तथा गायिका शोभा त्रिपाठीले सञ्चालन गरेको उक्त सम्मान कार्यक्रममा संस्थाका उपाध्यक्ष किरण प्रसाद श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने कलाकारहरुले गीत संगित प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal