सहकारीबाट जरिवाना असुल

काठमाडौँ, २० चैत (रासस) : काठमाडौँ महानगरपालिका अन्तर्गत सहकारी विभागले चालु अर्थिक वर्षको फागुन मसान्तसम्म रु पाँच लाख ११ हजार जरिवान दस्तुर असुल गरेको छ । तोकिएको समयमा वार्षिक प्रतिवेदन नबुझाएका र वार्षिक साधारण सभा नगरेका सहकारीबाट उक्त रकम असुल गरिएको महानगरको सहकारी विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।

सहकारीमा परेका ७० मुद्दमध्ये ५८ को फर्छौट गरिसकिएको र बाँकीको पनि यही चैतभित्रमा गरिसक्ने विभागले जानकारी गराएको छ । महानगरपालिकाले सर्वसाधारणको रकम फिर्ता नगरेका सहकारीलाई कारवाही गरी रु तीन करोड ११ लाख रकम केही दिनअघि असुल गरेको छ ।

सहकारी विभागमा परेको उजूरीका आधारमा ठगी गर्ने १३ सहकारीबाट सर्वसाधारणको उक्त रकम असुल उपर गरिएको हो । ठगी गर्नेमा न्युरोड, पुतलीसडक र बानेश्वर क्षेत्रका सहकारी बढी रहेका बताइएको छ । विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानूनी व्यवस्था भएअनुरुप महानगरले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो ।

अहिले कामपामा एक हजार ८५६ सहकारी संस्था छन् । ती सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । अनुगमन गरी साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि महानगरकोे छ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएको र तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो ।

सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरूप कानूनीरूपमै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । महानगरका सहकारीमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal