मर्जरमा एभरेष्ट बैंक अनिर्णित

काठमाडौँ, २४ फागुन : भारतको पञ्जाब बैंकसँगको संयुक्त लगानीमा स्थापना भएको एभरेष्ट बैंक लिमिटेडले ‘मर्जर’मा जानेनजाने भन्ने निर्णय गर्न सकेको छैन ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पूँजी वृद्धि वा बैंकहरु एकापसमा गाभिएर सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि साझेदारको खोजिमा रहेको उक्त बैंकले अहिलेसम्म निर्णय गर्न नसकेको हो ।

बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा त्यसका अध्यक्ष बि के श्रेष्ठले लक्ष्मी बैंक र नबिल बैंकसँग मर्जर वार्ता सफल हुन नसकेको बताउनुभयो । “मर्जरका निम्ति हाम्रो ढोका खुला छ”, उहाँले भन्नुभयो । केन्द्रीय बैंकको निर्देशनअनुसार जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानी गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal