नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने

काठमाडौँ, १९ फागुन : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब तीन करोड ३२ लाख ७८ हजार २३२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.