सूर्याेदय लघुवित्त अब राष्ट्रिय स्तरको बन्ने
पुतलीबजार, ११ फागुन : स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १ मा केन्द्रीय कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यक्षेत्र २३ जिल्लाबाट विस्तार गरी अब राष्ट्रिय स्तरमा स्तरोन्नती हुने भएको छ ।
संस्थाकोे फाल्गुन ११ गते सम्पन्न विशेष साधारण सभामा सर्वसम्मत रुपमा उक्त निर्णण् पारित गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने, मर्जर वा प्राप्ति गर्ने तथा सो सम्बन्धी सम्पूर्ण कामको लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने र गाभ्ने/गाभिने, मर्जर वा प्राप्ति गर्ने तथा सो सम्बन्धी कार्यको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने जस्ता विशेष प्रस्तावहरु विशेष साधारण सभाद्वारा सर्वसम्मत पारित गरिएको थियो ।
संस्थाको वर्तमान वित्तीय अवस्था तथा विशेष साधारण सभा आयोजना गर्नुपर्नाको कारणको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मोक्ष प्रसाद पंगेनीले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका कम्पनी सचिव श्री सुर्य प्रसाद पौडेल र कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक श्री गुडाखर सापकोटाले राख्नुभएको उक्त सभाको अध्यक्षता तथा कार्यक्रमको समुदघाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री अनन्त कुमार श्रेष्ठले गर्नुभएको थियो ।
निर्वाचन अधिकृत श्री विष्णु प्रसाद उपाध्यायले सर्वसाधारण सञ्चालकको निर्वाचन सम्बन्धी नीति नियम तथा आवश्यक प्रक्रियाहरु पुरा गर्नुभएको थियो । सर्वसाधारण सेयरधनिका तर्फबाट सञ्चालकको उमेद्वारीमा श्री नारायण प्रसाद पौडेलको एकल उमेद्वारी दर्ता भएकोले र उहाँ निर्विरोध निर्वाचित हुनुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष श्री अनन्त कुमार श्रेष्ठले प्रस्ताबहरुमा राखिएका जिज्ञाशाहरुको सहजीकरण गदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
संस्थाका २३ जिल्लमा ५० वटा शाखाहरु संचालनमा छन । माघ मसान्त सम्म ११७ करोड लगानीमा रहेको ३३८५१ सदस्यहरुलाई वित्तिय सेवा पुर्याइरहेको छ ।

