राष्ट्र बैंकले पाँच अर्बको रिपो बोलकबोल गर्ने

काठमाडौँ, २३ माघ : नेपाल राष्ट्र बैङ्कले बिहीबार रु पाँच अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ ।

बैङ्कले आज एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह गरेको छ । पछिल्ला दिनमा बैंकले रिपो र ट्रेजरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ । बिहीबार बोलकबोलबाट बिक्री हुन लागेको रु पाँच अर्ब बराबरको रिपो एक साताका लागि हुने छ । सो रिपोको अवधि आगामी फागुन २ गतेसम्मका लागि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.