सोमबार पाँच अर्बको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौँ, २० माघ : नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये रु तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ । यस्तै रु एक अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ । बैंकले यही माघ १४ गते रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यस्तै बैंकले आज मात्रै रु पाँच अर्ब बराबरको रिपो बिक्रीका लागि बोलकबोल गरेको छ । पछिल्ला दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई रिपो र ट्रेजरीजस्ता वित्तीय उपकरणमार्फत तरलता उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.