हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङले सहकारीको आडमा अवैध रुपमा हुण्डिको कारोवार गर्नेवाट रु ६९ लाख ५७ हजार ६ सय वरामद गरी सार्वजनिक गर्दै । फोटो: मनोज दाहाल, विराटनगर

विराटनगर, २९ पुस : हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले रु ६९ लाख ५७ हजार ६०० समेत बरामद गरेको छ ।

विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोवारमा भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका इटहरीस्थित राजश्व अनुसन्धान विभागमा पठाइने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.