शेयर कारोवार गर्न सहायक कम्पनी खोल्न पाइने

काठमाडौँ, ११ पुस : हाल सञ्चालनमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकले शेयर कारोबार गर्न सहायक कम्पनी खोल्न पाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकले आज जारी गरेको निर्देशनअनुसार बैंकले आफ्नो ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी सहायक कम्पनी खोल्न पाउने व्यवस्था गरेको हो । हाल ‘क’ वर्गका वाणिज्य बैंकको सङ्ख्या २८ रहेको छ । बैंकले सहायक कम्पनी स्थापना गर्दा लगानी हुने संस्थाको चुक्ता पूँजीको अधिकतम दश प्रतिशतसम्म छुट दिइनेछ । 

सहायक कम्पनीले आफ्नो मातृ कम्पनीले जारी गरेको धितोपत्रको कारोवार गर्न नपाउने राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । त्यस्ता कम्पनीको सुपरीवेक्षण र अनुगमन भने नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले गर्नेछ । बैंक तथा वित्तीय संस्थाले लामो समयदेखि सहायक कम्पनी स्थापना गर्न माग गर्दै आएका थिए । 

यस्तै राष्ट्र बैंकको निर्देशनअनुसार सहायक कम्पनीले वित्तीय स्रोत सङ्कलन बिक्री गर्ने सुरक्षणपत्रमा मातृ बैंकले लगानी गर्न पाउने छैनन् । त्यस्तो सुरक्षणपत्रको धितोमा ऋणसमेत दिन पाइने छैन । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.