वैंकिङ्ग कसूरमा श्रेष्ठ पक्राउ

काठमाडौँ, ९ पुस : वैंकिङ प्रणालीको दुरुपयोग गरेको अभियोगमा प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोला बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । 

राष्ट्रिय वाणिज्य वैंकको मुख्य शाखा कार्यालय, विशालबजारमा यूएसडी खाता खोली ई–वैंकिङ, मोबाइल वैंकिङ र ई–सेवा वालेट जस्ता विद्युतीय उपकरणहरुको प्रयोग गरी उनले वैंकिङ्ग प्रणालीको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । 

आफ्नो यूएसडी खातामा अनधिकृत रुपमा ७८ हजार ३८० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिन एटीएम तथा पीओएस मेशिन प्रयोग गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.