बीमाको पहुँच १९ प्रतिशतको पु-याउने लक्ष्य

काठमाडौँ, ६ पुस : बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नेपालमा बीमाको पहुँच केही वर्षभित्र १९ प्रतिशत पु-याउने लक्ष्यसहित अघि बढ्ने बताउनुभएको छ ।

 रिलायन्स लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको आयोजनामा बीमा जागरणसम्बन्धी कार्यक्रम ‘मेरो खुशी, मेरो बीमा’को उद्घाटन गर्दै अध्यक्ष चापागाईंले बितेका दुई वर्षमा बीमा पहुँच बढेर दोब्बर अर्थात् १४ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

उहाँले बीमा पहुँचको वृद्धिदर जीवनतर्फ ३१ प्रतिशत र निर्जीवनतर्फ २० प्रतिशत रहेको उल्लेख गर्दै समितिले बीमा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने बताउनुभयो । उहाँले समितिले निर्जीवन बीमातर्फ बीमा लेख ल्याउने तयारी गरेको बताउँदै गार्हस्थ्य बीमालेख र व्यावसायिक बीमा लेख गरी दुई भागमा बाँडिएको उक्त नीति माघ १ गतेदेखि लागू हुने बताउनुभयो ।

रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण पराजुलीले नेपालमा नौ वटा बीमा कम्पनी बजारमा आएपछि बीमा पहुँचमा उल्लेख्य वृद्धि भएको बताउनुभयो । प्रिमियर इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले बीमाको पहुँच अत्यन्तै कमजोर भएकाले प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.