बैंकर्स सङ्घमा तीन सदस्य थप

काठमाडौँ, २१ मङ्सिर : नेपाल बैंकर्स सङ्घको कार्यसमितिमा थप तीन जना निर्वाचित भएका छन् ।

नयाँ निर्वाचित भएका सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा हुनुहुन्छ ।

सङ्घको ११ सदस्यीय कार्यसमितिमध्ये बिहीबार सम्पन्न ३२ औँ साधारणसभाले तीन सदस्य थप गरेको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.