एनआइसीको नयाँ शाखा

लेखनाथ, १३ मङ्सिर: एनआइसी एशिया बैंकले आज आफ्नो नयाँ शाखा कास्कीको लेखनाथमा स्थापना गरेको छ ।

बैंकलाई मुलुकका हरेक ठाउँमा पु¥याउँदै सबै नागरिकलाई सेवा दिने उद्देश्यले २६८औँ शाखा लेखनाथको बूढीबजारमा स्थापना गरिएको सो बैंकका गण्डकी प्रादेशिक प्रमुख जयन्द्र रावलले जानकारी दिनुभयो ।

उक्त बैंकको कूल निक्षेप करीब रु १६९ अर्ब रहेको छ भने रु १४४ अर्ब कर्जा प्रवाह गरेको छ । सो शाखाको उद्घाटनपछि प्रादेशिक प्रमुख रावलले ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त बंैकका हाल करीब १३ लाख ५० हजार ग्राहक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal