सूर्याेदय लघुवित्तकाे त्रैमासिक समीक्षा तथा शाखा प्रमुख स्तरीय गाेष्ठि

काठमाडौँ, ६ मङ्सिर : स्याङ्जा को पुतलिबजारमा केन्द्रीय कार्यालय रहेको सूर्याेदय लघुवित्त वित्तीय संस्था लिकाे त्रैमासिक समीक्षा तथा शाखा प्रमुख स्तरीय गाेष्ठि सम्पन्न भएको छ ।
स्याङ्जा क्लष्टरकाे स्याङ्जा, पर्वत कास्की तनहु गाेरखा मनाङ मुस्ताङ लमजुङ वाग्लुङ म्याग्दी का २१ वटा शाखाकाे स्याङ्जा बजारमा , गुल्मी क्लष्टरकाे तम्घासमा गुल्मी अर्घाखाँची पाल्पा का १२ वटा शाखा र दाङ क्लष्टरका दाङ, बाके बर्दिया कपिलवस्तु रूपन्देही राेल्पा, नवलपरासी , प्युठान का १५ शाखा विच छलफल भएकाे थियाे ।
चालू अावकाे पहिलाे त्रैमासिककाे समीक्षा गरिएकाे थियाे । यस त्रैमासिक भित्र १ अरब कर्जा ४५ कराेड बचत र ३० हजार सदस्य र नाफा ८७ लाख भएकाे छ । २१ जिल्लामा ४८ साखा संचालनमा अाएकाे छ । निकट भविष्यमा २३ जिल्लामा काराेवार विस्तार गरि थप १० वटा शाखा संचालनमा ल्याउने तयारी भएकाे र चालु अावकाे अन्य समम्म १ अरब ५० करोड कर्जा र ४० हजार घरधुरिलाइ सेवा पुराउने सस्थाका प्रमुख कार्यकारी अधिकृत माेक्ष प्रसाद पंगेनिले बताउनु भयाे ।
कार्यक्रममा संचालक अनन्त कुमार श्रेष्ठ, गाेविन्द प्रसाद शर्मा, प्रशासन विभाग प्रमुख सुर्य पाैडेल, याेजना तथा अनुगमन विभाग प्रमुख भरत काफ्लेकाे पनि सहभागीता रहेको थियाे।
