चार अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, १२ कात्तिक : नेपाल राष्ट्र बैंकले मङ्गलबार रु चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि रु दुई अर्ब र एक वर्षका लागि रु दुई अर्ब गरी रु चार अर्बको ट्रेजरी जारी गर्न लागेको हो ।

ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैंकले आज एक सूचनामार्फत सोको जानकारी दिएको हो । बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुनेछ ।

यस्तै एकवर्षे ट्रेजरी बिल भने आगामी २०७६ कात्तिक १२ गते परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यस्ता बिलको बिक्री गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.