लगानी कोषलाई विश्वसनीय बनाइने

काठमाडौँ, २६ असोज : नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष डा रामचन्द्र भट्टराईले आज पदबहाली गर्दै कोषलाई थप व्यावसायिक र विश्वसनीय संस्थाका रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

कोष सञ्चालक समितिका सदस्य डा रामशरण खरेलले डा भट्टराईलाई आज पद तथा गोपनीयताको शपथ गराएपछि उहाँले पदबहाली गर्नुभएको हो ।

डा भट्टराईलाई यही असोज २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘वातावरणीय अर्थतन्त्रमा’ मा विद्यावारिधि गर्नुभएको भट्टराई हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा अर्थशास्त्रको अध्यापन गराउँदै आउनुभएको छ ।

खोटाङ लामीडाँडामा जन्मनुभएका भट्टराईसँग राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार र अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारका रुपमा लामो समय काम गरिसक्नुभएको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.