सनराइज बैंकद्वारा थप दुई शाखा विस्तार

काठमाडौंँ, २६ असोज : सनराइज बैंक लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ ।

शुक्रबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । योसमेत गरी बैंकको शाखा सङ्ख्या ९७ पुगेको छ ।

बैंकले नेपालभर ११० एटिएम, चार एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानमा २४ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसैगरी सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.