प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा, १२ जेठ : प्रदेश नं ३ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तथा प्रदेश विकास परिषद् गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ ।

मन्त्रिपरिषद् निर्णयअनुसार प्रदेशको नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको । आज बसेको बैठकले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा समक्ष प्रस्तुत गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सरकारले प्रदेश प्रमुख अनुराधा कोइरालामार्फत जेठ १४ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

बैठकले प्रदेश विकास परिषद्मा २५ सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । परिषद्का लागि जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न सङ्घसंस्था, निजी क्षेत्रलगायत विभिन्न समुदायका क्षेत्रबाट २५ जना मनोनित गरिएको हो । प्रदेश विकास परिषद् मुख्यन्त्रीको अध्यक्षतामा गठन हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.