वाग्मती प्रदेश सरकारद्वारा १० करोडको आपत्कालीन उपचार कोष   

मकवानपुर ११ चैत : वाग्मती प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणको लागि आपत्कालीन उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले रु १० करोडको आपत्कालीन कोषको स्थापना गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

उक्त कोषमा मुख्यमन्त्री पौडेललगायत अन्य मन्त्रीहरु र राजनीतिक नियुक्ति हुनुभएका व्यक्तिले एक महिनाको तलब सहयोग गर्नुभएको समेत उहाँले जानकारी दिनुभयो । बैठकले खाद्यान्न तथा दूध आपूर्तिको सहज व्यवस्थापन मिलाउन उक्त सामग्री ढुवानी गर्ने सवारीको सञ्चालनमा छुट दिइनेसमेत निर्णय गरेको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकाद्वारा स्थापना भएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण उपचार कोषमा एक महिनाको तलब सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.