प्रदेशसभामा ६ विधेयक पेश हुँदै

हेटौँडा, २० फागुन : प्रदेश नं ३ प्रदेशसभाको केही दिनमा बस्ने तेस्रो अधिवेशन बैठकमा दफावार छलफलका लागि नयाँ ६ विधेयक ल्याइँदैछ । प्रदेशसभाको बैठकमा पेश हुने नयाँ ६ विधेयकमा प्रदेशमा प्रहरीको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशमा सूचनाको हकको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशमा बालबालिकाको अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशमा उपाधि, सम्मान र विभूषणको सिफारिश गर्न बनेको विधेयक २०७५, प्रदेशमा सार्वजनिक, निजी र सहकारीको व्यवस्था गर्न बनेको विधेयक २०७५ तथा स्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानको व्यवस्था गर्न बनेको विधेयक २०७५ रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

दुई विधेयकमा प्रदश नं ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वीकृति प्रदान गरिसकेको र चार विधेयकको मस्यौदामाथि यसै हप्ताभित्र मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत मदनप्रसाद शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ विधेयकमध्ये आन्तरिक मामिला तथा कानून मन्त्रालयका तर्फबाट तीन, सामाजिक मन्त्रालयबाट दुई तथा कृषि तथा सहकारी मन्त्रालयबाट एउटा विधेयकको मस्यौदा प्रदेशसभाको सचिवालयमा पठाउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.