‘सरकार समृद्धिसहितको विकास चाहन्छ’

हेटौँडा, ४ माघ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार समृद्धिसहितको विकास चाहेको उल्लेख गर्दै विकासका हरेक कदम ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेतर्फ अग्रसर हुने बताउनुभएको छ ।

एशियाली विकास बैंकद्वारा आयोजित कार्यक्रममा उहाँले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । जनताको बीचमा धेरै कुरा पु¥याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले हरेक आयोजना गरीबी अन्त्य गर्ने खालको हुनुपर्ने बताउनुभयो । प्रदेश नं ३ साधन स्रोतलगायत सबै हिसाबले धनी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले एशियाली विकास बैंकद्वारा लगानी गरिएका क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, उद्योग, पर्यटन तथा वातावरणमन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल तथा प्रदेश ३ का स्थानीय तहका प्रमुखको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.