परियोजना बैंकबारे छलफल

हेटौँडा, १९ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हचुवामा हुने बजेट विनियोजन र खल्तीबाट योजना ल्याउने अवस्थाको अन्त्य हुने बताउनुभएको छ ।

प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आज परियोजना बैंक स्थापना र सञ्चालनका विषयमा भएको छलफलमा मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा नपरेका योजनालाई बजेट नछुट्याइने बताउनुभयो । विशेषता र सम्भावनाको खोजी गरेर मात्र अब योजना सञ्चालन हुने उहाँले बताउनुभयो । परियोजना बैंक बनेपछि वास्तविक र समुदायको मागअनुसार योजना छनोट हुने मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

परियोजना बैंकको निर्माणपछि प्राथमिकताका आधारमा योजना कार्यान्वयनका चरणमा लैजान सजिलो हुने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.