सञ्चारिका समूहको प्रदेश नं ३ मा दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन

हेटौँडा, १ पुस : सञ्चारिका समूह नेपाल प्रदेश नं ३ शाखाको आज हेटौँडामा एक भेलाबीच गठन गरिएको छ । उपत्यकाको तीन जिल्लाबाहेक १० जिल्लाका पत्रकारलाई समेटेर प्रदेश नं ३ शाखा गठन गरिएको हो ।

मकवानपुरका सरिता दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सविता श्रेष्ठ(चितवन), महासचिवमा गायत्री खतिवडा(धादिङ), सचिवमा शान्ति श्रेष्ठ(रामेछाप) र कोषाध्यक्षमा नानीमैयाँ विष्ट (मकवानपुर) रहनुभएको छ ।

समितिको सदस्यमा क्रमशः विमला पाण्डे(सिन्धुली), गोमा केसी (सिन्धुपाल्चोक), जमुना गजुरेल(नुवाकोट), रमा दाहाल(काभ्रेपलाञ्चोक, गायत्री आचार्य(दोलखा), सरस्वती न्यौपाने(रसुवा) र समीक्षा पुरी(चितवन) रहनुभएको छ । उक्त भेलामा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्ट, जिल्ला शाखा अध्यक्ष हरि हुमागाईंलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.