असीम पुरस्कार म्यान्माका बगालेलाई प्रदान
काठमाडौँ, १ भदौ : नेपाल बाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान दिनुहुने म्यान्माका ज्ञानबहादुर थापा बगालेलाई यस वर्षको गोपाल पाँडे असीम पुरस्कार प्रदान गरिएको छ ।
नेपाली शिक्षा परिषद्को ७० औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको १०८ औं जयन्तीका अवसरमा आयोजित बेभिनार कार्यक्रममा विविध विधाका स्तरीय कृतिको रचनाबाट नेपाली साहित्यको संवद्र्धनमा विशिष्ट योगदान पु¥याउनु हुने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिएको छ ।
सो अवसरमा नेपाल प्रज्ञा ९प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लामो इतिहास बोकेको नेपाली शिक्षा परिषद्ले भाषासाहित्यको उन्नतिका लागि गरेका कार्यको सह्राहना गर्नुभयो । कार्यक्रममा पुरस्कृत व्यक्तित्व बगालेले नेपाल बाहिर रहेर गरेको कार्यलाई मूल्याङ्कन गरी पुरस्कृत गरेकामा नेपालले म्यान्माका नेपाली भाषीहरुप्रति दर्शाएको सद्भाव र प्रेम झल्किनाका साथै आफ्नो साहित्य, संस्कृति र भाषा सेवाको यात्रामा अझ बढी ऊर्जा प्रदान गरेको उल्लेख गर्नुभयो । अर्का पुरस्कृत व्यक्तित्व चालिसेले नेपाली रचना केशर पढेर हामीले शब्द भण्डार बढायौँ, ह्रस्वदीर्घको सवाई पढेर व्याकरणलाई कण्ठकण्ठ ल्याउन पायौँ भन्दै आफूलाई यो क्षणले सधैँ गौरवान्वित बनाउने बताउनुभयो ।
परिषद्का कार्यवाहक अध्यक्ष रमा शर्माले यस वर्ष २०११ सालदेखि परिषद्सँग आबद्ध ज्येष्ठ सदस्य तथा कोषाध्यक्ष भीमबहादुर अधिकारीको निधन भएकाले उहाँकै सम्मानमा भीमबहादुर अधिकारी विशेषाङ्क प्रकाशन गर्न लागिएको बताउनुभयो । कार्यक्रममा परिषद्का कोषाध्यक्ष शङ्करप्रसाद पाण्डे, सदस्य सचिव लक्ष्मण थापा र सदस्य किरण थापाले पनि असीमले नेपाली भाषासाहित्यको विकासमा पु¥याउनुभएको योगदानका बारेमा बोल्नुभएको थियो । सो अवसरमा परिषद्को हाताभित्र स्थापित असीमको प्रतिमामा माल्यार्पण गरिएको थियो ।
