१२ वर्षीय उपन्यासकार अर्चितको ‘पञ्चमणि’ सार्वजनिक

काठमाडौँ, ८ असोज : बाल उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित ‘पञ्चमणि’ उपन्यासको आज राजधानीमा एक कार्यक्रममाझ लोकार्पण गरियो ।

उक्त कार्यक्रममा समीक्षकहरुले अर्चितले आफ्नो उपन्यासमा विज्ञान, पौराणिक घटना र लोककथालाई मिलाएर बेग्लै संसारको कल्पना गरेको र विषय बुझ्न दोहो¥याई तेहो¥याई पढ्नुपर्ने अनुभव सुनाउनुभयो । यस कृतिमा लेखकको सिर्जनशीलताको गहिराइ भेटिने उहाँहरुको टिप्पणी थियो । उहाँहरुको विश्लेषण अनुसार उपन्यासको कथावस्तु बोधगम्य छैन तर, भाषा उत्कृष्ट छ ।

उपन्यास राप्ती साहित्य परिषद् रोल्पाले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु २०० राखिएको छ ।

बा¥ह वर्षीय उपन्यासकार अर्चितका अनुसार कथाको अन्त्यमा अर्को अध्यायमा बाँकी कुरा खोलिने सङ्केत गरेअनुसार ‘मेघमानव’ नामक अर्को उपन्यास तयार गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ । धेरै लेखकले आफ्नो सिर्जना होइन होला भनेर नपत्याएको दुःखेसो बाल उपन्यासकार अर्चितले पोख्नुभयो ।

वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले स्रष्टाले थोरै लेख्दा हुने तर ती उत्कृष्ट हुनुपर्ने बताउनुभयो । आफ्नो सिर्जनाबारे समीक्षकलाई भन्न लगाउनु भन्दा स्रष्टा स्वयंले नै व्याख्या गर्नु उचित हुने उहाँको सुझाव थियो ।

उपन्यास समाजका अध्यक्ष शंकर भारतीले अध्यक्षको आसनबाट बाल उपन्यासकार अर्चितलाई निरन्तर सिर्जनामा लाग्न सुझाव दिनुभयो ।

साहित्यकार युवराज नयाँघरेले बाल प्रतिभालाई प्रस्फुटन हुन दिन प्रेम र प्रोत्साहनको खाँचो छ भन्नुभयो ।

उक्त कार्यक्रममा आधुनिक गीत÷गजलहरुको एल्बम ‘जुहार’ पनि लाकार्पण गरिएको थियो । यसमा गीतकार तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायका पाँच गीत र गजलहरु समेटिएका छन् । यसमा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिनुभएको छ ।

दुबै सिर्जनाको लोकार्पण वरिष्ठ साहित्यकार दिवसले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.