‘भैरव पुरस्कार’ कलाकार शशि शाह र ‘भैरव प्रतिभा पुरस्कार’ मैनालीलाई

काठमाडौँ, ६ असोज : भैरव पुरस्कार गुठीले विसं २०७३/७४को  ‘भैरव पुरस्कार’ कलाकार शशि शाहलाई प्रदान गरेको छ ।

भैरव पुरस्कार गुठीद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा पत्रकार भैरव रिसालले हास्यव्यङ्ग्य साहित्यका शास्वत शिल्पी भैरव अर्यालको सम्झनालाई स्थायी बनाउने र हास्यव्यङ्ग्यको प्रवद्र्धन गर्ने उद्दश्यले स्थापना गरिएको सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

गुठीले सोही वर्षको ‘भैरव प्रतिभा पुरस्कार’ वरिष्ठ हास्य कलाकार युवराज मैनालीलाई प्रदान गरेको छ । पुरस्कारको राशि रु २५ हजार छ ।

पत्रकार रिसालले गुठीका अध्यक्ष रोचक घिमिरेद्वारा सम्पादन गरिएको ‘शाश्वत व्यङ्ग्यशिल्पी’ र गुठीका सदस्य लक्ष्मण गाम्नागेद्वारा सङ्कलन/सम्पादित ‘नेपाली हास्यव्यङ्ग्य कविता’ नामक पुस्तकको विमोचनसमेत गर्नुभयो । सोही अवसरमा पत्रकार रिसालले नेपाली साहित्यको क्षेत्रले समाज परिवर्तनमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

गुठीका अध्यक्ष रोचक घिमिरेले नेपाली भाषा र नेपालका राष्ट्रिय भाषाका हास्यव्यङ्व्य वाङ्मयमा योगदान दिने व्यक्ति, संस्था तथा रचनालाई प्रोत्साहन गर्ने उद्देश्यले विसं २०४६ मा गुठीको स्थापना गरिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.